खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

चन्द्रागिरि सेरोफेरो चन्द्रागिरि सेरोफेरो
|
शनिबार, चैत्र ९, २०८१
|
|
१७ पटक हेरिएको
Shares
खोरसोर हात्ती प्रजनन केन्द्रमा रिमझिमकलीले पाइन् छावा

सारांश

  • चितवन, चैत ९ ।
  • खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् ।
  • गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताउनुभयो ।

चितवन, चैत ९ । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताउनुभयो ।

छावाको नामकरण बाह्रौँ दिनमा गरिने उहाँले जानकारी दिँदै उहाँले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन् । हाल प्रजनन केन्द्रमा नौ वटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् । चार वटा बच्चामध्ये एउटा पोथी हो भने अरु भाले हुन् । रासस

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

कुल कमेन्ट: 0
चन्द्रागिरि सेरोफेरो
चन्द्रागिरि सेरोफेरो
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?