केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

चन्द्रागिरि सेरोफेरो चन्द्रागिरि सेरोफेरो
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१० पटक हेरिएको
Shares
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

सारांश

  • काठमाडौं, चैत ५ ।
  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
  • महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

काठमाडौं, चैत ५ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना छ ।

यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

आज सूर्योदय बिहान ६ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

कुल कमेन्ट: 0
चन्द्रागिरि सेरोफेरो
चन्द्रागिरि सेरोफेरो
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?